दिलभुषण पाठक विरुद्ध पक्राउ पुर्जी

  जेठ २९, २०८२

साझाखबर, २८ जेठ

समाचार प्रसारणको विषयलाई लिएर काठमाडौँ जिल्ला अदालतले चर्चित प्रस्तोता दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । युट्युब च्यानल ‘टफ टक’बाट प्रसारित सामग्रीलाई लिएर उनी विरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो । पाठक विरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी परेको थियो। प्रहरीले अनुसन्धानका लागि पाठकलाई पक्राउ गर्न अनुमति मागेको हो ।  अदालतबाट पक्राउ पुर्जी पाएको प्रहरी ब्युरो स्रोतले पुष्टी गरेको छ ।

आफ्नो युट्युब उनले काङ्ग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले नक्सालस्थित हिल्टन होटल खरिद गर्न लागिएको सम्बन्धमा गरिएको एउटा दाबी सम्बन्धी समग्री प्रस्तुत गरेका थिए । पक्राउ पूर्जी जारी भए लगत्तै उनीप्रति सामाजिक सञ्जालमा व्यापक सहानुभूति देखिएको छ ।

तपाईको प्रतिक्रिया