साझाखबर, ६ जुन, काठमाडौं । नेपाली पर्यटन प्रतिभाका लागि सातौं चिनियाँ भाषा प्रशिक्षण कोर्सको उद्घाटन समारोह जुन ६ तारिखदेखि नेपालको राजधानी काठमाडौँमा आयोजना गरिएको छ । थाहा भए अनुसार कूल ६० भन्दा बढी विद्यार्थीहरूले चिनियाँ भाषा सम्बन्धी तालिम प्राप्त गर्ने भएका छन् ।

यो तालिम कोर्स नेपालस्थित चिनियाँ दूतावासले आयोजना गरेको हो भने नेपाल पर्यटन बोर्ड र नेपाल-चीन सांस्कृतिक तथा शैक्षिक संघको सह-आयोजनामा सञ्चालन भइरहेको छ । यो ६ महिनासम्म चल्नेछ ।
मुख्यतया चिनियाँ भाषा, संस्कृति, भूगोल र इतिहाससँग सम्बन्धित ज्ञान यो प्रशिक्षणमा दिइने छ । यो प्रशिक्षणको सातौ संस्करण हो । अघिल्ला ६ वटा तालिममा २४० भन्दा चिनियाँ पर्यटन प्रतिभाहरूलाई तालिम दिइसकिएको छ।
उद्घाटन समारोहमा आफ्नो भाषणमा नेपालका लागि चिनियाँ राजदूत छन सोङले हालैका वर्षहरूमा चिनियाँ पर्यटकहरूको विदेश यात्रामा किनमेल र दृश्यावलोकनले समेटिएको बताउनुभयो । चिनियाँ भाषामा निपुणता हासिल गर्नु विश्वको सबैभन्दा ठूलो स्रोत बजारको सेवा गर्ने सुनौलो कुञ्जी भएको उहाँको भनाइ थियो ।

सामाजिक संजाल एक्समा राजदूत सुङले नेपाली पर्यटन व्यवसायीहरूका लागि सातौं चिनियाँ भाषा प्रशिक्षण कोर्सका लागि शुभकामना दिनुभयो । उहाँले एक्समा लेख्नुभयो, ‘यो मेरो तेस्रो पटकको उपस्थिति हो – यसको ठूलो महत्त्व दर्शाउँछ । यस उद्घाटन समारोहमा हामीसँग सामेल हुनुभएकोमा माननीय मन्त्री बद्री प्रसाद पाण्डेलाई विशेष धन्यवाद । सबै नयाँ प्रशिक्षार्थीहरूलाई चिनियाँ भाषा महान कुराकानी, सांस्कृतिक खोज र नेपालको पर्यटनलाई बढावा दिने प्रवेशद्वार हो । एक अद्भुत भाषा यात्राको लागि तयार हुनुहोस् !’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले आफ्नो भाषणमा यो तालिम कोर्स नेपालको पर्यटन उद्योगको विकासलाई सहयोग र प्रवर्द्धन गर्न प्रशंसनीय उपाय भएको बताउनुभयो । उहाँले प्रशिक्षार्थीहरू निश्चित रूपमा दुई देशहरू बीचको सांस्कृतिक आदानप्रदानका सन्देशवाहक बन्ने आशा गर्नुभयो ।
फोटोः नेपालका लागि चिनियाँ राजदूत छन सुङको एक्स सञ्जालबाट साभार