मदन भण्डारी कप : पुरुषमा बस्नेत र महिलामा न्यौपाने प्रथम

  ८ घण्टा अगाडि

कर्णाली, २४ जेठ : कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आज सम्पन्न राष्ट्रियस्तरको खुला महिला÷पुरुष १० किलोमिटर ‘मदन भण्डारी कप सडक दौड प्रतियोगिता २०८२’ मा रामजी बस्नेत र पूर्णलक्ष्मी न्यौपाने प्रथम हुनुभएको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमीद्वारा आयोजित प्रतियोगितामा प्रथम हुने बस्नेत र न्यौपानेले जनही रु ५०/५० हजार नगद पुरस्कार प्राप्त गर्नुभयो । विजयी खेलाडीलाई वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले पुरस्कार प्रदान गर्नुभयो । पुरुषतर्फ बस्नेतले ३१ मिनेट ३२ सेकेन्ड र महिलातर्फ न्यौपानेले ३७ मिनेट ४२ सेकेन्डमा निर्धारित दूरी पार गर्नुभएको थियो ।

यसैगरी, पुरुषतर्फ दोस्रो हुने नरेन्द्रसिंह रावतले ३१ मिनेट ३८, तेस्रो हुने मिङ्मार सिङ्गी तामाङले ३१ मिनेट ५७ सेकेन्ड, चौथो हुने कर्णबहादुर रोका मगरले ३२ मिनेट ७ सेकेन्ड र पाँचौँ स्थान हासिल गर्ने युवकराज बुढाले ३३ मिनेट २६ सेकेन्डमा उक्त दूरी पार गर्नुभयो ।

प्रतियोगितामा दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थान प्राप्त गर्नेलाई क्रमशः रु ३०, २०, १५ र १० हजार नगद पुरस्कार प्रदान गरिएको एकेडेमीका उपाध्यक्ष तथा कार्यक्रम संयोजक तेजविक्रम बस्नेतले जानकारी दिनुभयो ।

यसैगरी, महिलातर्फ दोस्रो हुने दीपा परियारले ३७ मिनेट ५३ सेकेन्ड, तेस्रो हुने सिर्जना पाण्डेले ३८ मिनेट २७ सेकेन्ड, चौथो हुने आशा रावतले ३९ मिनेट ५३ सेकेन्ड र पाँचौँ हुने राज्यलक्ष्मी रावतले ४० मिनेट २० सेकेन्डमा निर्धारित दूरी पार गर्नुभएको थियो । उहाँहरूलाई पनि पुरुष खेलाडी सरह नगद पुरस्कार प्रदान गरियो ।

अठार वर्षमुनिका विद्यालयस्तरीय बालबालिका सम्मिलित पाँच किलोमिटर दौडमा पुरुषतर्फ रमेश बुढा पहिलो, पुरण सिंह दोस्रो, रमेश शाही तेस्रो, भूपेन्द्र कँडेल चौथो र पाँचौँ हुने हेमन्त नेपालीलाई क्रमशः रु २०, १५, १०, पाँच र रु तीन हजार नगद पुरस्कार प्रदान गरियो । छैटौँदेखि दशौँ स्थान प्राप्त गर्ने क्रमशः विकास विक, प्रवीण नेपाली, सुन्दर थापा, सोनाम बिसी र सुजन मल्ललाई जनही एक÷एक हजार नगद पुरस्कार दिइएको थियो ।

यसैगरी, महिलातर्फ प्रथम हुने कल्पना बुढा, दोस्रो सन्देला बुढा, तेस्रो निरुता ढकाल, चौथो सृष्टि जोशी र पाँचौँ स्थान हासिल गर्ने निर्मलाकुमारी खड्कालाई पुरुष खेलाडी सरह नै नगद पुरस्कार प्रदान गरिएको छ । यस्तै, छैटौँदेखि दशौँ स्थान प्राप्त गर्ने सोमिता बडुवाल, नेहा देवकोटा, आरुसी टोलाङ्गी, गङ्गाकुमारी भट्टराई र आयुस्मा रावतलाई जनही रु एक–एक हजार नगद पुरस्कार दिइएको थियो ।

‘सबैका लागि खेल’ भन्ने नारासहित खेलकुदको प्रवर्द्धन र खेलाडीको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा पाँच हजार खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया