वरिष्ठ पत्रकार चालिसेको निधन

  जेठ १७, २०८२

काठमाडौँ, १६ जेठ : वरिष्ठ साहित्यकार एवं पत्रकार विजय चालिसेको ७४ वर्षको उमेरमा निधन भएको छ । अर्बुद रोगबाट पीडित उहाँको आज बिहान अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा मृत्यु भएको हो ।

गोरखापत्र संस्थानको अध्यक्ष र गोरखापत्र दैनिकको प्रधानसम्पादकको जिम्मेवारी सम्हाल्नुभएका उहाँ प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष चालिसेका कथा, उपन्यास, नियात्रा, पत्रकारिता, बालसाहित्यका ५० पुस्तक प्रकाशित छन् ।

आजै उहाँको गोकर्णेश्वर घाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय चालिसका दुई छोरा र एक छोरी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया