आइतबार भोटोजात्रा, उपत्यकामा सार्वजनिक बिदा

  जेठ १७, २०८२

काठमाडौँ, १६ जेठ : आगामी आइतबार मत्स्येन्द्रनाथको भोटो देखाइने भएको छ । उक्त दिन काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा हुने भएको छ ।

गृह मन्त्रालयले आज एक सूचना जारी गरेर काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा उक्त दिन सार्वजनिक बिदा दिने निर्णय भएको राससले जनाएको छ ।

तपाईको प्रतिक्रिया