यूएईमा अत्यधिक गर्मी : मे महिनामा ५०.४ डिग्रीको नयाँ कीर्तिमान

  ७ घण्टा अगाडि

दुबई, ९ जेठ : संयुक्त अरब इमिरेट्स (यूएई) ले शुक्रबार देशमा अहिलेसम्मकै मे महिनामा सबैभन्दा उच्च तापक्रम ५० दशमलव ४ डिग्री सेल्सियस मापन गरेको छ ।

यो तापक्रम सन् २००३ देखि रेकर्ड राख्न थालिएयता सबैभन्दा बढी हो भनी राष्ट्रिय मौसम केन्द्र (एनसीएम) ले जनाएको छ ।

आज देशको सबैभन्दा उच्च तापक्रम अबुधाबीको अल शावामेखमा अपराह्न २ः३० बजे ५० दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको केन्द्रले सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गरेको छ ।

यो मे महिनाको सबैभन्दा उच्च तापक्रम हो, जुन सन् २००३ देखि सुरु गरिएको रेकर्डमा पहिलो पटक देखिएको एनसीएमले जनाएको छ ।

यसअघि मे सन् २००९ मा मापन गरिएको ५० दशमलव २ डिग्री सेल्सियस तापक्रम नै मे महिनाको उच्च तापक्रम थियो ।

यूएई विश्वकै ठूला तेल निर्यातकर्ता मध्ये एक भए पनि उसले नवीकरणीय ऊर्जा क्षेत्रमा पनि ठूलो लगानी गरेको छ । (रासस/एएफपी)

तपाईको प्रतिक्रिया