साझाखबर, ७ जेठ : चिनियाँ राष्ट्रपति सी चिनफिङले २०२५ शाङ्हाई सहयोग संगठन गरिबी न्यूनीकरण तथा दिगो विकास मञ्चलाई शुभकामना सन्देश पठाएका छन् । मे २० तारिख उनले गरिबी उन्मूलन विश्वव्यापी चुनौती र विश्वका सबै देशहरूको साझा लक्ष्य भएको औंल्याए ।
कठिन प्रयासपछि चीनले गरिबी विरुद्धको लडाईंमा सफलतापूर्वक विजय हासिल गरेको छ र संयुक्त राष्ट्र संघको दिगो विकासको लागि २०३० एजेन्डाको गरिबी न्यूनीकरण लक्ष्यहरू निर्धारित समयभन्दा १० वर्ष अगाडि नै हासिल गरेको भन्छदै उनले यसले चिनियाँ विशेषताहरू सहितको गरिबी न्यूनीकरणको बाटोमा अघि बढेको र मानव गरिबी विरोधी इतिहासमा नयाँ अध्याय लेखेको उल्लेख गरे ।
सी चिनफिङले गरिबी न्यूनीकरण अन्ततः विकासको मुद्दा भएकोमा जोड दिँदै हालैका वर्षहरूमा शाङ्हाई सहयोग संगठनले गरिबी न्यूनीकरण र दिगो विकासमा सक्रिय रूपमा सहयोग गरेको छ र उल्लेखनीय नतिजाहरू प्राप्त गरेको बताए । चीन अहिले शाङ्हाई सहयोग संगठनको आलोपालो अध्यक्ष हो ।
“दिगो गरिबी न्यूनीकरण र सहकारी विकास – एससीओ देशहरूमा गरिबी न्यूनीकरण र दिगो विकासको प्रवर्द्धन” भन्ने मूलनाराका साथ २० तारिख सम्मेलन पल्लो शान्सीको सिआनमा सुरु भएको हो ।
नेपाली राष्ट्रिय सभाकी उपाध्यक्षको सम्बोधन
राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले विकासशील र अविकसित राष्ट्रहरूमा दिगो रूपमा गरिबीको अन्त्य गर्न चुनौतिपूर्ण बनेको बताउँदै शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सुरक्षा र आधारभूत सेवाहरूमा पहुँच अभावका कारण दिगो रूपमा गरिबीको अन्त्य गर्न चुनौतिपूर्ण बनिरहेको धारणा राखिन् ।
गरिबी न्यूनीकरण र दिगो विकाससम्बन्धी सांघाई सहयोग मञ्चलाई मङ्गलबार सम्बोधन गर्दै उनले भनिन्, ‘आधुनिक युगमा समेत विश्वका एक अर्बभन्दा बढी मानिस चरम गरिबीको रेखामुनि जीवनयापन गर्न बाध्य छन्, विशेषतः विकासशील र अविकसित राष्ट्रहरूमा शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सुरक्षा र आधारभूत सेवाहरूमा पहुँच अभावका कारण दिगो रूपमा गरिबीको अन्त्य गर्न चुनौतिपूर्ण बनिरहेको छ।’
जलवायु परिवर्तन, महामारी तथा द्वन्द्वका कारण उत्पन्न थप जटिलताले यो समस्यालाई अझ गहिरो बनाएको भन्दै उपाध्यक्ष घिमिरेले क्षेत्रीय शान्ति, स्थिरता, आर्थिक समृद्धि र सामाजिक न्याय प्रवर्द्धन गर्ने एक सशक्त बहुपक्षीय मञ्चको रुपमा शाङ्हाई सहयोग संगठनले स्थापनाकालदेखि नै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको चर्चा गरिन् । हाल सम्वाद साझेदारको रुपमा रहेको नेपालले मञ्चका सिद्धान्त, उद्देश्य र कार्यसूचीलाई पूर्ण समर्थन गरेको भन्दै उनले उहाँले गरिबी निवारण र दिगो विकासका लागि मञ्चले पुर्याएको योगदान, लिएको पहलकदमी र प्रवर्द्धन गरेको सहकार्यलाई नेपालले उच्च मूल्यांकन गरेको दोहोर्याइन् ।
विश्वव्यापीरूपमा जलवायु परिवर्तनप्रतिको संवेदनशीलता, हरित ऊर्जा जस्ता ज्वलन्त विषयमा सामूहिक पहल र सहकार्यलाई उच्च मूल्यांकन गर्दै नेपाल सरकारले सगरमाथा संवाद जस्तो स्थायी मञ्चको थालनी गरेको बताउँदै उपाध्यक्ष घिमिरेले सगरमाथा संवाद नेपालको नीति निर्माताहरूदेखि विज्ञ तथा नागरिक समाजलाई एकै स्थानमा ल्याएर गम्भीर विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय मुद्दाहरू र चुनौतीहरू सम्बोधन गर्नका लागि विश्वव्यापी संवाद मञ्चको रुपमा विकास गर्न खोजिएको छ भनिन् ।