हनानको निरीक्षण गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङ यसो भन्छन्

  ५ घण्टा अगाडि

एजेन्सी, ६ जेठ

चिनियाँ राष्ट्रपति सी चिनफिङ १९ र २० तारिख मध्य चीनको हनान प्रान्तका लुओयाङ र चङचौ शहरहरूको निरीक्षणमा निस्किए । भ्रमणका क्रममा सी चिनिफिङले नयाँ युग र नयाँ यात्रामा हनान प्रान्तले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको रणनीतिहरू कार्यान्वयन गर्नुपर्ने र मध्य चीनमा उच्च गुणस्तरीय विकाससहित चिनियाँ शैलीको आधुनिकीकरणको नयाँ अध्याय लेख्नुपर्ने कुरा औंल्याए ।

सीले लुओयाङ शहरमा रहेको एलवाईसी बेयरिङ कम्पनीको निरीक्षण गर्दै विज्ञान र प्रविधि बिना आधुनिक उत्पादन उद्योगको विकास हुन नसक्ने औंल्याए। सीले जोड दिए, ‘हामीले प्राविधिक विकासलाई बलियो बनाउनुपर्छ र स्वतन्त्र नवप्रवर्तनको बाटोमा लाग्नुपर्छ ।’

चिनियाँ राष्ट्रपति सीले सेतो घोडा (ह्वाइट हर्स) मन्दिरको भ्रमण गरे जहाँबाट चीनमा बौद्ध धर्मको सुरुवात भएको थियो । उनले त्यस समयमा विभिन्न धर्महरूले चीनको महान् परम्परागत संस्कृतिसँग एकीकृत हुन र समाजवादी समाजमा अनुकूलन गर्न सक्रिय रूपमा प्रयास गर्नुपर्ने बताएका थिए।

सी चिनफिङले विश्व सम्पदा स्थल लोङमेन ग्रोटोसको पनि निरीक्षण गरे । यस्ता महत्त्वपूर्ण चिनियाँ सांस्कृतिक तत्वहरूलाई राम्रोसँग संरक्षित र व्यापक रूपमा प्रसारित गरिनुपर्ने भन्दै सीले तिनीहरूलाई भावी पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताए । उनले त्यस समयमा सांस्कृतिक र पर्यटन उद्योगको उच्च-गुणस्तरीय विकासलाई प्रवर्द्धन गर्नुपर्ने, यसलाई एक प्रमुख उद्योग, जीविकोपार्जन उद्योग र आनन्द ल्याउने उद्योगको रुपमा विकास गर्नुपर्ने सुझाव दिए ।

२० तारिख सी चिनफिङले हनान प्रान्तको कार्य प्रतिवेदन सुन्दै महत्त्वपूर्ण निर्देशनहरू जारी गरे । उनले प्रमुख आर्थिक प्रान्तको रूपमा हनान प्रान्तले वास्तविक आर्थिक जगलाई सुदृढ पार्नुपर्ने र प्राविधिक नवप्रवर्तन मार्फत नयाँ गुणस्तरीय उत्पादकत्व विकास गर्नुपर्ने कुरामा जोड दिए । सी जिनपिङले उच्च गुणस्तरीय विकासका लागि आधुनिक औद्योगिक प्रणालीको क्षमतामा सुधार गर्नुपर्ने कुरामा पनि जोड दिए।

तपाईको प्रतिक्रिया