त्रिशुली नदीमा बेपत्ता दुई बालिकाको खोजी कार्य शुरु

  ८ घण्टा अगाडि

काठमाडौं, ३० वैशाख : त्रिशुली नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई बालबालिकाको खोजीकार्यका लागि सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन भएको छ ।

नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–७ कचौडे भिरस्थित त्रिशुली नदीमा नुहाउने क्रममा ११ वर्षीय जेनी डंगोल र ११ वर्षीय सदिक्षा राई  बैशाख ३० गते साँझ  बेपत्ता भएको बताइएको छ ।

सो लगत्तै उनीहरुको खोजीकार्यका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १९ गुल्म नुवाकोटबाट सशस्त्र प्रहरी सहायक निरीक्षक वीरबहादुर तामाङ्गको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन भएको जानकारी सशस्त्रका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले दिनुभयो ।

तपाईको प्रतिक्रिया