काठमाडौँ, ३० वैशाख : वानीरा फाउन्डेसनले मङ्गलबार एक समारोहबिच काठमाडौँमा शताब्दी पुरुष डा.सत्यमोहन जोशीको एक सय छैटौँ जयन्ती मनाएको छ ।
सोही अवसरमा प्रसिद्ध समालोचक प्रा.केशव सुवेदीले नइ प्रकाशनबाट प्रकाशित तीन वटा कृतिको लोकार्पण गर्नुभयो ।
लोकार्पण भएका कृतिहरूमा अक्षरशिरोमणि मदनमणि दीक्षितकृत ‘नरेन्द्रराज प्रसाईका पाँच जीवनीकृति’, गोविन्द भट्टकृत ‘इन्दिरा प्रसाईको ए समुद्र १’ र ठाकुर शर्मा भण्डारीद्वारा लिखित ‘नइ कीर्ति विवेचना’ रहेका छन् । दीक्षितकृत कृतिको सम्पादन इल्या भट्टराई र भट्टकृत कृतिको सम्पादन प्रा.डा.ऋषिराम शर्माले गर्नुभएको छ ।
वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा प्रा.केशव सुवेदी, श्रीमती इल्या भट्टराई, ठाकुर शर्मा भण्डारी तथा सदस्यसचिव नरेन्द्रराज प्रसाई र कार्यक्रम संयोजक भगवती बस्नेतले शताब्दी पुरुष डा.सत्यमोहन जोशीको महिमा र नव कृतिहरुको चर्चा गर्नुभएको थियो ।