शिव सेना नेपालका अध्यक्ष बस्नेत पक्राउ

  १८ घण्टा अगाडि

काठमाडौँ, २८ वैशाख : जिल्ला प्रहरी परिसर काठमाडौँले गत चैत १५ गतेको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई पक्राउ गरेको छ ।

अध्यक्ष बस्नेतलाई काठमाडौँको सुकेधाराबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आवश्यक अनुसन्धान थालेका छौँ ।” (रासस)

तपाईको प्रतिक्रिया