साझाखबर विश्लेषण
भारत प्रशासित कश्मीर सीमामा भएको आतंकवादी हमला र जवाफमा भारतले सीमापार गरेको आक्रमणले दुई छिमेकी देशहरू बीचको तनाव बढेको छ । दुई देशबीचको तनाव अन्य छिमेकी देशहरूमा पनि फैलिन थालेको छ । अप्रिल २२ मा आतंकवादी बन्दुकधारीहरूले २६ जनाको हत्या गरे जसमा धेरैजसो भारतीय पर्यटक थिए भने एकजना नेपाली नागरिक सुदीप न्यौपाने थिए । वैशाख १० गते पहलगाम भ्रमणमा गएका बखत बुटवलका न्यौपानेको हत्या भएको थियो । एकजना नेपाली प्रत्यक्ष रुपमा आतंकवादको शिकार भएपनि अब युद्धका बाछिटाले दक्षिण एसियालाई पिरोल्दै लगेको छ ।
पहिलो कुरा, नेपाल भारतको छिमेकी हो तापनि तटस्थ रहने प्रयास गरेको छ। नेपालले स्थिरता र शान्तिका लागि अपील गरेको छ । खुला सीमा र निकटताका कारण यसले भारतसँग सद्भाव कायम राखेको छ । पाकिस्तान विरुद्धको १९७१ को युद्धमा नेपालले भारतलाई समर्थन गरेको थियो । गोर्खा सेना भारतसँग सम्बन्धित भएकोले भारतले नेपालबाट पनि समर्थन र सहानुभूति खोजेको छ ।
दोश्रो, नेपाल २०१४ देखि सार्कको अध्यक्ष मुलुक हो । भारत-पाकिस्तान द्वन्द्वका कारण सार्क हाल निष्क्रिय छ । सार्कको नेताको रूपमा नेपाल भारत-पाकिस्तान तनावमा मध्यस्थकर्ताको भूमिका खेल्न चाहन्छ । प्रधानमन्त्री केपी शर्मा ओली लगायत विभिन्न पक्षसामु नेपालले आफ्नो भूमिका बढाउनुपर्ने दबाब बढेको छ भने सार्कको नेता भएको नाताले नेपालले यस क्षेत्रमा शान्ति र स्थायित्वको लागि पहल गर्नुपर्ने दायित्व पनि छ ।
नेपालले खुला सिमानाका कारण मानवीय आवागमन, व्यापारिक गतिविधि र धार्मिक गतिविधिमा ध्यान दिनु वाञ्छनीय छ । भारत आतंककारीहरू नेपालमा लुक्न सक्छन् भन्ने कुराले चिन्तित छ । भारतबाट नेपाल आएका प्रत्येक नेताले खुला सिमानाबाट हुन सक्ने सम्भावित घुसपैठ विरुद्ध सतर्क रहन नेपाल सरकारलाई अनुरोध गरेका छन् । त्यसैले नेपालले भारत-नेपाल सीमा सिल गरेर कतिपय स्थानमा रात्रिकालीन कर्फ्यू लगाएको छ । नेपाल राजनीतिक र आर्थिक रूपमा भारतमा निर्भर छ । भारतले आफ्नो पक्षमा बोल्न दबाब दिन्छ भने यस्तै बेला भारतले रोटीबेटीको भावुक कुरा उठाउँछ ।

भारत-पाकिस्तान तनाव बढ्ने बित्तिकै भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालेले नेपालका अधिकांश राजनीतिक दल र प्रभावशाली नेताहरूसँग भेट गरेका थिए । काठमाडौंस्थित भारतीय दूतावासले पनि सक्रिय रूपमा नेपालको समर्थन खोजिरहेको छ । क्षेत्रीय तनाव बढ्दै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले भारत-पाकिस्तान तनावका कारण भएका घटनाक्रमहरूको बारेमा छलफल गर्न सुरक्षा परिषद्को बैठक बोलाइहाले । गृहमन्त्री रमेश लेखकले सीमा क्षेत्रको सुरक्षाको बारेमा छलफल गर्न तीनै सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन निर्देशन दिइहाले । यसबाट भारतले भनेको कुरामा झटपट काम गर्नु र नेपालले आफ्नो भूमि कुनै पनि आतंकवादी गतिविधिको लागि प्रयोग हुन नदिने संकल्प गर्नु नेपालका लागि सुरक्षित रहने एउटा उपाय हो ।

नेपालको बुद्धिजिवी वर्गले संयमता अपनाउन, सुरक्षा रणनीति र खुला सीमा क्षेत्रको सुरक्षाबारे गम्भीर हुन सचेत गराएको छ भने नेपालमा चीनको प्रभाव बढ्दै गएको भारतीयहरूको विश्वासलाई मत्थर पार्नुपर्ने झमेला बाँकी नै छ । यदि चीनले पाकिस्तानलाई समर्थन गर्छ भने भारतलाई डर छ कि नेपाल पनि चीनको प्रभावमा जानेछ । मुख्य कुरा नेपालले क्षेत्रीय स्थिरता र दीर्घकालीन शान्तिको पक्षमा उभिनु पर्छ । आतंकवाद नियन्त्रण गर्न नेपालले विश्वलाई आफ्नो क्षमता देखाउनुपर्छ। यसले आगामी ‘सगरमाथा संवाद’ को लागि पनि राम्रो सन्देश जानेछ।
विगतका युद्धहरूले नेपाल सधैँ नै प्रताडित छ । अतः नेपालका राजनीतिक दलहरूले गम्भीरता र एकता देखाउनुपर्छ र अध्ययन, श्रम र व्यवसायका लागि भारत र पाकिस्तानमा बसोबास गर्ने नेपालीहरूलाई सुरक्षित रूपमा फर्काउनुपर्छ । भारत-पाकिस्तान युद्धका कारण आयात, बजार मूल्य, अन्तर्राष्ट्रिय उड्डयन, वैदेशिक व्यापार, पर्यटक आगमन र समग्र अर्थतन्त्र डामाडोल हुने संभावना छ । यसको सामना गर्न पूर्ण तयारी गरिहाल्नुपर्ने देखिन्छ ।
नेपालमा भारतीय चासो
महत्वपूर्ण छिमेकी हुनुको नाता भारतले नेपालका सबै पक्षहरूबाट सहयोग खोजेको छ । सहयोगको वातावरण बनाउनकै लागि काठमाडौँस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले बालुवाटारमा पुगेर परिस्थितिको बारेमा ब्रिफिङ गरेका छन् । कुनै पनि छिमेकी विरुद्ध आफ्नो भूभाग प्रयोग गर्न नदिने नेपालको प्रतिबद्धतामा ढुक्क हुने अवस्थाको खोजी गरिरहेका छन् ।
भारतले आतंकवादको विरोध गर्ने नेपालको दृढताको मुक्तकण्ठले प्रशंसा गर्नु, पाकिस्तान आतंकवादको पक्षमा छ र भारत चाहिँ भारतीयको दुःखमा साथसाथै छ भन्ने सन्देश फैलाउनु हो । पाकिस्तानमा हवाई आक्रमण हुनुभन्दा एक हप्ता अघि, भारतीय विदेशमन्त्रीको विशेष दूतको रूपमा काठमाडौं आएका विजय चौथाईवालेले नेपाली नेताहरूलाई भेटेर सुरक्षा चिन्तामा आश्वस्त हुने मेसो निकालेका थिए ।
नेपाल-भारत सीमा लगभग १,८८० किलोमिटर खुला भएकोले खुल्ला सिमानाको दुरुपयोग हुनसक्छ । कश्मीर, पहलगाम घटनामा हत्याअघि धर्मको बारेमा सोधिएको प्रसङ्गले धार्मिक घुसपैठ पनि हुनसक्छ । सीमा क्षेत्रमा धार्मिक समूहहरूमाथि निगरानी बढाउनु जरुरी छ । नेपालका जस्तो सहिष्णु मुश्लिम भएकाले देश रक्षामा उस्तो चुनौती त नहोला । भलै अहिलेसम्म कुनै ठूलो कारबाही वा त्यस्तो कुनै प्रमाण फेला पारेको छैन । यद्यपि, अनुहार वा भाषा मिल्ने भएकाले पाकिस्तान वा बंगलादेशमा बस्ने मानिसहरूले भारतीय पहिचानमा नेपाल प्रवेश गर्नसक्ने बाटो खुकुलो छ ।
विज्ञहरू भन्छन् केही समूहहरूले नेपाललाई ‘ट्रान्जिट आतंकवाद’ को रूपमा प्रयोग गर्नसक्छन् । यसमा नेपाल सतर्क हुनैपर्छ । जसको प्रयास स्वरुप परिचयपत्र वाहक यात्रुहरूलाई मात्र यात्रा गर्न अनुमति दिनु, सीमा जोडिएका जिल्ला प्रशासन कार्यालयहरूलाई विशेष निगरानी बढाउन निर्देशन दिनु, मानव संसाधन तैनाथ गर्नु इत्यादिले नेपालको सक्रियता झल्काउँछ । नेपालको संसदमा पनि शान्तिका पक्षमा चर्को आवाज बुलन्द हुनु र नेपालीको सुरक्षाका लागि सबैजसो दलका नेताहरू मुखरित हुनेले एकताको सन्देश दिएको छ । नेपालले दक्षिण एसियाको शान्ति र स्थिरताका लागि योगदान गरेर इतिहासमा उदाहरण प्रस्तुत गर्ने अवसर पनि आएको छ ।