राष्ट्रपति पौडेल र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

  १० घण्टा अगाडि

काठमाडौँ, २६ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

अध्यक्ष दाहालले आज शीतलनिवासस्थित राष्ट्रपतिको कार्यालयमा पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुभएको दाहालको सचिवालयले जनाएको छ । भेटमा देशको वर्तमान राजनीतिलगायत समसामयिक विषयमा छलफल भएको सचिवलयको भनाइ छ ।

तपाईको प्रतिक्रिया