मुम्बईमा सम्पन्न वेभ्स २०२५ शिखर सम्मेलनमा नेपाली कलाकारको सहभागिता

  १६ घण्टा अगाडि

काठमाडौ, २४ वैशाख : भारत सरकारद्वारा मुम्बईमा आयोजित वेभ्स २०२५ शिखर सम्मेलनमा नेपालबाट सरकार, मिडिया, चलचित्र, सोसल मिडिया इन्फ्लुयन्सर्स र एनिमेसन उद्योगका गरी १९ जना वरिष्ठ प्रतिनिधिहरूले सहभागिता जनाएका छन् ।

यही वैशाख १८ देखि २१ गतेसम्म भएको सम्मेलनमा उहाँहरुले मिडिया र मनोरञ्जन क्षेत्रमा भएको भारतको प्रगतिको बारेमा प्रत्यक्ष साक्षात्कार गर्नुभएको थियोे ।

उक्त कार्यक्रमले चलचित्र, कन्टेन्ट क्रियसन, एनिमेसन र डिजिटल मिडियामा नेपाल–भारत सहकार्यको लागि उत्साहित मार्गहरू खुलाएको नेपाल स्थित भारतीय दूतावासले जनाएको छ ।

तपाईको प्रतिक्रिया