राष्ट्रियसभा बैठक सुरु

  फागुन ०६, २०८१

काठमाडौँ, ६ फागुन : राष्ट्रियसभाको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लोकसेवा आयोगको आर्थिक वर्ष २०८०÷८१ को ६५औँ वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची छ ।

कार्यसूचीअनुसार आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भनी प्रस्ताव पेस गर्नुहुने छ ।

तपाईको प्रतिक्रिया