इजरायलमा गोली चल्दा एक प्रहरीको मृत्यु, तीन सर्वसाधारण घाइते

  असोज २९, २०८१

मङ्गलबार दक्षिणी इजरायलमा गोली चल्दा एक प्रहरी अधिकारीको मृत्यु हुनुका साथै तीन सर्वसाधारण घाइते भएको स्थानीय प्रहरीले एक विज्ञप्तिमा जनाएको छ ।
विज्ञप्ति अनुसार आक्रमणकारीले रुट चार मा याभने इन्टरचेन्ज नजिकैबाट गुज्रिरहेको कारमा गोली चलाएको थियो ।
प्रत्यक्षदर्शी ट्रक चालकले बन्दुकधारीमाथि गोली चलाएको र उनको हत्या गरेको प्रहरीले जनाएको छ ।
आक्रमणको जिम्मेवारी हाल सम्म कुनै समूहले लिएका छैन् ।

तपाईको प्रतिक्रिया