बाढीपहिरामा परी दुई सय ३९ को मृत्यु, १९ जना बेपत्ता

  असोज १८, २०८१

काठमाडौँ, १८ असोज : हालैको बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य एक सय ७७ जना घाइते भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार एक सय ३१ जनाको उद्धार भएको छभने सहायता परिचालन र अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी छ ।

तपाईको प्रतिक्रिया