हनुमन्ते करिडोर निर्माणका लागि पहल गर्छु : प्रचण्ड

  असोज १६, २०८१

भक्तपुर, १५ असोज : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज भक्तपुरको हनुमन्ते खोलामा आएको बाढीले पु-याएको क्षतिको अवलोकन एवं निरीक्षण गर्नुभएको छ ।

गत शनिबार हनुमन्ते खोलामा आएको बाढीले मध्यपुरथिमि–३ गठ्ठाघर–कौशलटार सागबारीमा पु¥याएको क्षतिको निरीक्षण गर्दै करडोर निर्माणमा चासो व्यक्त गर्नुभयो ।

उहाँले बस्तीमा हनुमन्ते खोला पस्नुको कारणबारे जिज्ञासा राख्नुको साथै क्षतिबारे जानकारी लिनुभयो । स्थलगत निरीक्षणका क्रममा स्थानीयले हनुमन्ते करिडोर निर्माण सम्पन्न नहुँदा खोलाको बाढीले बस्ती र कृषियोग्य भूमिमा ठूलो क्षति पु¥याएको भन्दै हनुमन्ते करिडोर निर्माण सम्पन्न गर्न माग गर्नुभएको थियो ।

अध्यक्ष दाहालले यसबारे स्थानीय सरकार र सम्बन्धित निकायमा कुरा राख्ने बताउनुभयो । उहाँले हनुमन्ते करिडोर निर्माणमा भएको गतिरोध हटाउन केन्द्र सरकारका तर्फबाट आवश्यक पहल गर्न सरकार र संसद्मा कुरा राख्ने बताउँदै जनताको आवश्यकता सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस अवसरमा अध्यक्ष दाहालसँग केन्द्रीय नेताहरु अग्नि सापकोटा, पूर्वभूमिसुधार मन्त्री शशी श्रेष्ठ, मध्यपुरथिमिका उपप्रमुख उपप्रमुख विजयकृष्ण श्रेष्ठलगायत माओवादी केन्द्रका केन्द्र, जिल्लाका नेताहरुको पनि उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया