एलिना चौहानको प्रस्तुतिसँगै सकियो केसीसी एक्जिबिट २०२४

  भदौ ०१, २०८१

काठमाडौँ, १ भदौ : कान्तिपुर सिटी कलेजले आयोजना गरेको ‘केसीसी एक्जिबिट २०२४’ सम्पन्न भएको छ । साउन ३२ गते शुरु भएको दुईदिने एक्जिबिट गायिका एलिना चौहानको प्रस्तुतिसँगै आज सम्पन्न भएको छ ।

प्रदर्शनीमा इन्जिनियरिङ, आइटी र व्यवस्थापनसँग सम्बन्धित नमुनाहरु राखिएका मिडिया संयोजक राजिव तिमलिसनाले जानकारी दिनुभयो । इन्जिनियरिङतर्फका सिग्नेचर ब्रिज, वेष्ट म्यानेजमेन्ट सिस्टम, ग्वार्कोको फ्लाइओभर, तीनकुने टनेल, बानेश्वरको ट्राफिक मेनेजमेन्ट विथआउट लाइट, पोड वे ट्रान्सपोर्टेसन सिस्टम, नागढुङ्गा टनेल, रिटेनिङ एण्ड स्टेबिलिटी स्टक्चर, लिक्वी फ्याक्सन, अर्लि वार्निङ सिस्टम लगायत विभिन्न प्रोजेक्ट थिए ।

त्यस्तै आइटीतर्फ फायर डिटेक्सन एण्ड अलार्म सिस्टम, भिजिटर लग सिस्टम, रेन्ट रोबर, च्याट नेक्सस बिजिनेस, भेइकल नम्बर प्लेट डिटेक्सन, भिजिटर काउन्टर, फेस रिकनाइजेसन सिस्टम, मुड अनुसार गीत बजाउने सिस्टम, जेष्टर कन्ट्रोल प्रिजेन्टेशन, होम अटोमेशन सिस्टम, फ्लोड अलर्ट सिस्टम, पेमेन्ट कन्फर्मेशन, इमर्जेन्सी अलर्ट सिस्टम, अटोमेटिक वाटर लेभल कन्ट्रोलिङ, स्मार्ट एग्रिकल्चर सिस्टम लगायतका प्रोजेक्ट प्रदर्शनीमा रहेका थिए । व्यवस्थापनतर्फका विद्यार्थीहरूले खानेकुराको प्रदर्शनी गरेको मिडिया संयोजक तिमलिसनाले जानकारी दिनुभयो ।

समापन समारोहका अवसरमा चर्चित गायिका एलिना चौहानले ‘कट्टा हान्दिन्छु…’, ‘धोकेवाज…’, ‘मिनरल वाटर…’ लगायत गीत गाएर मनोरञ्जन प्रदान गराउनुभएको थियो । त्यस्तै राष्ट्रिय कलाकारहरुको प्रस्तुतिसँगै टिकटक स्टार इच्छिता, विक्षिताले नृत्य गरेर मनोरञ्जन दिलाएका थिए ।

एक्जिबिसनका संयोजक रवी श्रेष्ठले इन्जिनियरिङ, आइटी र बिबिएका विद्यार्थीहरुले ४१ वटा प्रोजेक्ट बनाएर प्रस्तुत गरेको जानकारी दिनुभयो । प्रदर्शनी दुई हजारभन्दा बढीले अवलोकन गरेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया