कांग्रेस कार्यसमिति बैठकमा ११ प्रस्तावमाथि छलफल

  साउन २४, २०८१

काठमाडौँ, २४ साउन : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार पनि सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको छ । साउन २३ गतेदेखि सुरु भएको बैठकमा विभिन्न ११ वटा प्रस्तावित विषयहरूमाथि धारणा राख्ने क्रम जारी रहेको छ । 

बैठकमा बिहीबार केन्द्रीय सदस्यहरू मानबहादुर विश्वकर्मा, पुष्पा भुसाल, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, डा. डिला सङ्ग्रौला, किरणराज शर्मा पौडेल, राजीव कोइराला, मानबहादुर नेपाली, राजेन्द्रकुमार केसी, गुरु बराल, कान्तिका सेजुवाल, भरतकुमार शाह, सीतादेवी देवकोटा र शारदा पौडेल, आमन्त्रित सदस्य नारायणी रायमाझी र प्रदेश सभापतिहरू उद्धव थापा (कोशी), कृष्णप्रसाद यादव (मधेश), इन्द्रबहादुर बानियाँ (बागमती), शुक्रराज शर्मा (गण्डकी), अमरसिंह पुन (लुम्बिनी), ललितजंग शाही (कर्णाली) र वीरबहादुर बलायर (सुदूरपश्चिम) ले आआफ्नो धारणा राख्नु भएको थियो । 

केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बिहान ११:०० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ । 

तपाईको प्रतिक्रिया