बारा, २७ असार : बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ पसाहा पुल नजिकै भएको सवारी दुर्घटनाका घाइतेको सकुशल उद्धार भएको छ ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार दुर्घटनामा घाइते भएका १३ जनाको सकुशल उद्धार भएको हो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
मलंगवाबाट वीरगन्जतर्फ जाँदै गरेको ना. ४ ख ७१९४ नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको हो । उक्त बसमा ३१ यात्रु सवार थिए ।
दुर्घटना लगत्तै उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ४० रिजर्भ गण बाराबाट सुरक्षाकर्मी खटिएका थिए । सबै घाइतेलाई उद्धार गरेर प्रहरीले सिमरा अस्पताल पुर्याएको छ ।






