जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

  असार २२, २०८१

अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

शुक्रबार बसेको बैठकले आजैका मितिबाट लागू हुने गरी प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएको जसपा अध्यक्ष एवं सो पार्टीका संसदीय दलका नेता राईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

जनता समाजवादी पार्टीले यसअघि सङ्घीय संसद् सचिवालयलाई पत्र पठाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराइसकेको सो पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले जानकारी दिनुभयो । 

जनता समाजवादी पार्टीबाट सङ्घीय सरकारमा नवलकिशोर साह सुडी वन मन्त्री, प्रदीप यादव स्वास्थ्य मन्त्री र हसिना खान स्वास्थ्य राज्यमन्त्री रहनुभएको थियो । 

तपाईको प्रतिक्रिया