काठमाडौँ, १८ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको तस्बिर अवलोकन गर्नुभएको छ ।
स्व कोइरालाको शताब्दी जन्मजयन्तीका अवसरमा कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ ऐतिहासिक फोटो प्रदर्शनीको प्रधानमन्त्री दाहालले अवलोकन गर्नुभएको हो ।
यस्तै उक्त तस्बिर प्रदर्शनीको पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र डा बाबुराम भट्टराईले पनि अवलोकन गर्नुभयो । ‘क्रान्तिदेखि शान्तिसम्म’ विमर्शसभामा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, कांग्रेस नेता कृष्णप्रसाद सिटौला र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता प्रदीप ज्ञवाली वक्ता रहनुभएको थियो ।






