प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र गृहमन्त्री लामिछानेबिच भेटवार्ता

  असार १७, २०८१

काठमाडौँ, १६ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबिच सिंहदरबारमा भेटवार्ता भएको छ । आइतबार सत्तारुढ दुई दलका नेताबिच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो ।

भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ। शनिबार नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेट्नुभएको विषयमा सामान्य कुराकानी भएको बताइएको छ । शनिबार सभापति देउवा र ओलीबिच बालकोटमा भेटवार्ता भएको थियो । भेटपछि विभिन्न आशङ्का व्यक्त गरिए पनि एमाले अध्यक्ष ओली अस्वस्थ भएका कारण देउवा भेटघाटका लागि जानुभएको बताइएको छ । 

प्रधानमन्त्री प्रचण्डसँग भेट गरेपछि अध्यक्ष ओलीले भेटवार्ता भइरहने बताउनुभयो । प्रधानमन्त्री र अध्यक्ष ओलीको भेटका क्रममा जोडिनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भेटवार्तालाई नियमित भन्नुभएको छ ।

तपाईको प्रतिक्रिया