काठमाडौँ, १४ असार : त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको रिक्त प्रमुखमा डा कुन्दन अर्याल नियुक्त हुनुभएको छ ।
त्रिवि कार्यकारी परिषद्को बिहीबार बसेको बैठकले डा अर्याललाई चार वर्षको कार्यकालका लागि नियुक्त गरेको हो । पत्रकारिताको अध्यापन, अनुसन्धान र सम्पादनमा सक्रिय अर्यालले विभागको प्रमुख पदको आज नियुक्तिपत्र लिएको जानकारी दिनुभयो ।
यसअघि सो विभागको प्रमुखमा प्रा. चिरञ्जीवी खनाल हुनुहुन्थ्यो । उहाँपछि प्रा. प्रवलराज पोखरेल विभागको प्रमुख हुनुहुन्थ्यो । पोखरेल अनिवार्य अवकाश पाउनुभएपछि डा. अर्याललाई सो जिम्मेवारी प्रदान गरिएको हो ।






