एसइईको नतिजा सार्वजनिक, यसरी हेर्नुस्

  असार १४, २०८१

भक्तपुर, १३ असार : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरेको छ ।

परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षामा सहभागी भएका चार लाख ६४ हजार सात सय ८५ जनामध्ये ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ‘लेटर ग्रेडिङ’ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरिएको हो ।

यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २६ दशमलव २५ अङ्क अनिवार्य ल्याउनैपर्ने अन्यथा अनुत्तीर्ण भएको ‘एनजी’ उल्लेख गरिएको ‘ग्रेडसिट’ तयार गरिएको छ ।

एसइईको नतिजा यसरी हेर्न सकिन्छ :

तपाईको प्रतिक्रिया