चट्याङ लागेर प्रजाको मृत्यु

  असार ०४, २०८१

बागमती, ३ असार : वर्षासँगै परेको चट्याङ लागेर मकवानपुरमा आफ्नै घरमा सुतिरहेको अवस्थामा आज एक जनाको मृत्यु भएको छ ।

बिहान ४ बजेतिर अचानक चट्याङ लागेर मकवानपुरको राक्सिराङ गाउँपालिका–२ थुम्की निवासी ४५ वर्षीय वीरबहादुर प्रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

चट्याङ लागेर गम्भीर घाइते प्रजालाई उपचारको लागि हेटौँडा अस्पताल ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । (रासस)

तपाईको प्रतिक्रिया