कुन्ता शर्मा र हिडपाली साहिँलोलाई सीता–बालमुकुन्द पुरस्कार

  जेठ २९, २०८१

काठमाडौँ, २९ जेठ : विराटनगर सीता– बालमुकुन्द पुरस्कार पोख्रेल प्रतिष्ठानले साहित्य र समाजसेवातर्फका दुई पुरस्कार घोषणा गरेको छ ।

प्रतिष्ठानको आजको बैठकले ले रु २५ हजार २२५ राशिका ‘सीता बालमुकुन्द पोख्रेल साहित्य पुरस्कार’ आधा शताब्दीदेखि कविताको श्रीवृद्धिमा योगदान गरेबापत कुन्ता शर्मा (धरान, सुनसरी) र ‘सीता बालमुकुन्द पोख्रेल समाजसेवा पुरस्कार’ चार दशकदेखि स्वतन्त्र रूपमा समाजसेवामा लागेबापत श्यामप्रसाद अधिकारी ‘हिडपाली साइँलो’ (रावाबेंसी–४, डुम्रेकोट, खोटाङ) लाई प्रदान गर्ने निर्णय गरेको हो ।

आगामी असार १५ गते विराटनगरमा पुरस्कार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष सुरेश गाउँलेले राससलाई जानकारी दिनुभयो । प्रतिष्ठानका संरक्षक पूर्वाञ्चल बालसेवा आश्रमका संस्थापक अध्यक्ष सीता र उहाँका पति बालमुकुन्द पोख्रेल हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया