शास्त्रीय एवं परम्परागत नृत्यको संरक्षणका लागि मौलिक प्रस्तुति

  जेठ २८, २०८१

काठमाडौँ, २८ जेठ : नेपाल सङ्गीत तथा नाटय प्रज्ञा–प्रतिष्ठानले शास्त्रीय एवं परम्परागत नृत्य संरक्षणका लागि मौलिक प्रस्तुति सुरु गरेको छ ।

आज काठमाडौँमा आयोजित कार्यक्रममा प्रतिष्ठानले चर्या, कत्थक, महाभारतको चीरहरण, बङ्गलामुखी स्तुतिलगायत नृत्य प्रस्तुत ग¥यो । सनम र सङ्गीता खड्गीले चर्या, नम्रता केसीले कत्थक, सौजन रघुवंशी र प्रमिला श्रेष्ठले महाभारतको चीरहरण एवं बङ्गलामुखी स्तुतिलगायत नृत्य प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले परम्परागत चित्र र मूर्ति जस्तै नृत्य पनि आनन्ददायक हुने भएकाले यसको संरक्षण गरिनुपर्ने बताउनुभयो । सङ्गीत र ललितकला प्रतिष्ठान मिलेर संयुक्तरुपमा यस्ता कार्यक्रम गर्न सकिने उहाँको भनाइ थियो ।

सङ्गीत प्रतिष्ठानका उपकुलपति शम्भु राईले ओझेलमा परेका संस्कृतिलाई जनसमक्ष ल्याउन कार्यक्रम गरिएको बताउनुभयो । उहाँले नेपाली मौलिक संस्कृति लोप हुन थालेकामा सरोकार भएका निकायले संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया