गाजा क्षेत्रमा युद्धका कारण मृत्यु हुनेको सङ्ख्या ३७ हजार ८४ पुग्यो

  जेठ २७, २०८१

प्यालेस्टिनी क्षेत्र, २७ जेठ : जरायल र प्यालेस्टिनीबिच आठ महिनाभन्दा बढीको युद्धमा गाजा क्षेत्रको ३७ हजार ८४ जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ ।

नुसिरात शरणार्थी शिविरमा शनिबार इजरायली आक्रमणमा कम्तीमा दुई सय ७४ जनाको मृत्यु भएको छ भने जसमा चार बन्धकहरूलाई जीवित उद्धार गरिएको छ । अक्टोबर ७ मा युद्ध सुरु भएदेखि थप ८४ हजार चार सय ९४ जना घाइते भएको मन्त्रालयले जनाएको छ । (रासस/एएफपी)

तपाईको प्रतिक्रिया