गिरिबन्धु टी-स्टेट प्रकरणमा छानबिन आयोग बन्नुपर्छ : केसी

  जेठ २४, २०८१

काठमाडौँ, २४ जेठ : नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले गिरिबन्धु टी–स्टेट प्रकरणमा छानबिन आयोग माग गर्नुभएको छ । बिहीबार संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले गिरिबन्धु टी–स्टेट प्रकरणमा छानबिन आयोग बन्नुपर्ने काँग्रेसको चाहना रहेको बताउनुभएको हो ।

उहाँले गिरिबन्धु टी–स्टेटबारे सबै कुरा बाहिर आउनुपर्ने बताउनुभयो । उहाँले गिरिबन्धु टी–स्टेटको सत्यता बाहिर ल्याउनुपर्नेमा काँग्रेस स्पष्ट रहेको बताउनुभयो । गिरिबन्धु टी–स्टेटको जग्गा कांग्रेसले बेचेको आरोप बारेमा स्पष्ट हुन छानबिन आयोग बन्नुपर्ने बताउनुभयो । 

तपाईको प्रतिक्रिया