महामृत्युन्जय मन्त्रको महत्व र प्रभावकारिता

  जेठ २१, २०८१

महामृत्युन्जय मन्त्र देवादिदेव महादेवको सबैभन्दा शक्तिशाली मन्त्र हो । यस मन्त्रको जपद्वारा अकाल मृत्युको भयबाट मुक्ति मिल्ने मात्र होइन ठूल्ठूला रोग र कष्टसमेत निवारण हुने धार्मिक विश्वास गरिन्छ । त्यसैले यस मन्त्रलाई मृत्युसँग विजय पाउने महामृत्युञ्जय मन्त्र भनिएको हो ।

यस मन्त्रको उच्चारण गर्दा उत्पन्न हुने ध्वनिको कम्पन्नले हाम्रो शरीरलाई दैवीक शक्तिको रुपमा सुरक्षा कवच प्रदान गर्दछ । यसको नियमित श्रवण र उच्चारणबाट अमंगल, दुर्घटना, दुर्भाग्य, विपत्ति हामीबाट टाढा रहने विश्वास गरिन्छ । मोक्ष प्राप्तिका लागि अत्यन्त प्रभावशाली मन्त्रका रुपमा लिइने यस मन्त्रको नियमित श्रवण तथा उच्चारणमार्फत जीवनमा सुख, शान्ति, समृद्धि ल्याउछ ।

महामृत्युन्जय मन्त्रलाई सञ्जीवनी मन्त्र पनि भनिन्छ । हुनत महामृत्युन्जय मन्त्रको धेरै नाम र रूप छन् । ऋषिमुनिहरूले यसलाई वेदको हृदय भनेर ब्याख्या गरेका छन् । ध्यान र चिन्तनका लागि प्रयोग गरिने अनेक मन्त्रमध्ये गायत्री मन्त्रसँग पनि महामृत्युन्जय मन्त्रको सर्वोच्च स्थान छ । धार्मिक विश्वास अनुसार यो मन्त्रको अर्थ मार्कण्डेय ऋषिलाई मात्र थाहा थियो । पछि मार्कण्डेय ऋषिले यो मन्त्र चन्द्रमा, सतीदेवीलाई दिए ।

ऋगवेद (७।५९।१२) मा उल्लेखित र यजुर्वेदमा पुन उल्लेख गरिएको यस मन्त्रलाई ‘त्रियम्बक’ मन्त्र पनि भनिन्छ । यसमा शिव भगवानको स्तुति गरिएको छ मार्कण्डेय ऋषि शिवलाई मृत्यु विजेता मानिन्छ । यो मन्त्र यस प्रकार छ ।

महामृत्युन्जय मन्त्र
ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् ।
उर्वारुकमिव बन्धनान्मृत्योर्मुक्षीय माऽमृतात् ।।

मन्त्रको अर्थ
हामी त्रिनेत्र देवलाई पुज्दछौँ
जो सुगन्धित छन्, हाम्रो पोषण गर्छन्,
जुन रूपमा फल, हाँगाको बन्धनबाट मुक्त हुन्छ
सोही रूपमा हामी पनि मृत्यु र नश्वरता बाट मुक्त हुन सकौँ ।

भावार्थ

ॐ = (मन्त्रोच्चारण गर्दा सुरुमा प्रयोग गरिने शब्द)

त्रियम्बकं = हे त्रिनेत्र (महादेवको नाम)

यजामहे = प्रार्थना गर्दछौ

सुगन्धिं = सुवासित

पुष्टिवर्धनं = जीवकारक, शक्तिकारक

उर्वारुकमिव = लहरादार फल (काक्रो)

बन्धनान् = लहरा (बन्धन)

मृत्योर्मोक्षिय = मृत्युबाट मोक्ष

मा अमृतात् = अमरता

युट्युमार्फत श्रवण गर्न यो लिंकमा क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया