‘२१औँ काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव सम्पन्न

  जेठ २०, २०८१

काठमाडौँ, २० जेठ : काठमाडौँमा यही जेठ १६ गतेदेखि जारी ‘२१औँ काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)’ सम्पन्न भएको छ ।

इटालियन निर्देशक ब्रान्डो क्विलिची निर्देशित ‘द टाइगर्स नेस्ट’ को एसिया प्रदर्शनी (प्रिमियर) सँगै सुरू भएको महोत्सवमा २२ देशका ६० चलचित्र प्रदर्शन गरिएको अध्यक्ष रम्यता लिम्बूले जानकारी दिनुभयो ।

‘परिवर्तको प्रतिध्वनि’ नारा दिइएको महोत्सव दुई दशक लामो यात्रामा दर्शक, विभिन्न डिजिटल प्लेटफर्मको प्रभाव, कोभिड र आर्थिक पक्षले नयाँ–नयाँ परिवर्तनहरु आत्मसात गर्दै अघि बढेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “महोत्सवमा छनोट भएका विदेशी चलचित्रमार्फत विश्वव्यापी र नेपालीमार्फत हाम्रै समाजका मुद्दाहरु र कथाशैलीबारे जानकारी तथा अनुभव एकआपसमा साटिएको विश्वास छ । नेपाली कला संस्कृतिलाई विश्वअवसरमा पु¥याउने माध्यम चलचित्र हो र किम्फले त्यो अवसर प्रदान गरेको छ ।”

महोत्सवमा ‘नेपाली पानारोमा’ अन्तर्गत चलचित्रतर्फ विशेष उल्लेख (स्पेसल मेन्सन्स) मा ‘द मोङ्क एन्ड द रेबेल’ र ‘हावाम्यान’ तथा नियमिततर्फ ‘दुविधा’ र ‘नेपाली फिक्सन’ विजेता घोषित भए । यस्तै, वृतचित्रतर्फ विशेष उल्लेखमा ‘रोङफामु’ र ‘वाग्गिङ टेल’ तथा नियमिततर्फ ‘धेय ड्रिम्स’ विजेता घोषित भए ।

यस्तै, ‘इन्टरनेसनल सर्ट फिक्सन’ अन्तर्गत विशेष उल्लेखमा ‘नथिङ ग्रोज अन्डर द पाइन ट्रि’ र ‘स्प्लिट इन्ड्स’ तथा नियमिततर्फ ‘एड्जस्टेमन्ट’ विजेता घोषित भए । ‘इन्टरनेसनल फिचर फिक्सन’ अन्तर्गत ‘अ चाइल्डलेस भिल्लेज’, ‘इन्टरनेसनल सर्ट डकुमेन्ट्री’अन्तर्गत विशेष उल्लेखमा ‘इटर्नल फ्लेम’ र ‘फरवार्ड’ तथा नियमिततर्फ ‘क्लाइम्बिङ फर गोल्ड’ विजेता घोषित भए ।

‘फिचर डकुमेन्ट्री’तर्फ विशेष उल्लेखमा ‘इन टु द हार्ट अफ माउन्टेन’, ‘यम्नुस्का ः द ¥याग्ड एज’, ‘क्विनडम’ र ‘अगेन्स्ट द टाइड’ सँगै नियमिततर्फ ‘रिओ रोजो’ विजेता घोषित हुँदा ‘अडियन्स च्वाइस अवार्ड’ भने ‘म अलप हुन चाहन्छु’ ले जित्न सफल रह्यो ।

अन्तर्राष्ट्रिय विधामा सर्वोत्कृष्ट ‘फिचर वृत्तचित्र’ लाई एक हजार पाँच सय अमेरिकी डलर, उत्कृष्ट लघु वृत्तचित्रलाई एक हजार डलर, उत्कृष्ट ‘फिचर कथानक’लाई एक हजार पाँच सय डलर र उत्कृष्ट लघु कथानकलाई एक हजार डलर पुरस्कार समेत प्रदान गरियो ।

‘नेपाल पानोरमा’ अन्तर्गत सर्वोत्कृष्ट वृत्तचित्र र उत्कृष्ट कथानक चलचित्रलाई क्रमश ः रु एक लाख प्राप्त प्रदान गरियो । दर्शकको भोट पाउने वृत्तचित्रले एक लाख रुपैयाँ पुरस्कार राशि रहेको ‘अडियन्स च्वाइस अवार्ड’ प्राप्त ग¥यो ।

निर्देशक र निर्माता डिना मुफ्ती (बेलायत), मानवशास्त्री सुरेश ढकाल (नेपाल), चलचित्र सम्पादक रेजिना बर्तस्की (स्वीट्जरल्यान्ड) निर्णायक मण्डलको रुपमा रहनुभएको महोत्सवमा ‘माउन्टेन्स म्याटर : अ कल फ्रम द हिमालयज’ र ‘वुमेन बिहाइन्ड द क्यामेरा’ शीर्षकमा सामूहिक छलफलको आयोजना गरिएको थियो ।

महोत्सवमा समकालिन नेपाल, एसिया र विश्वभरकै हिमाली जनजीवन, जलवायु परिवर्तन, लैङ्गिकतालगायत विविधताले भरिएका चलचित्र तथा वृतचित्र सहभागी थिए । महोत्सव प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा जेठ १६ देखि २० गतेसम्म सञ्चालन भएको थियो ।

तपाईको प्रतिक्रिया