गोदावरी (कैलाली), १८ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) गोदावरी नगर कमिटीको दोस्रो अधिवेशनबाट अध्यक्षमा सन्तोष सिंह निर्वाचित हुनुभएको छ ।
गए राति सम्पन्न निर्माचनमा सिंहले एक सय ६२ मत पाउनुभएको थियो भने उहाँका निकटतम प्रतिस्पर्धी हरि फुलाराले एक सय ४० मत प्राप्त गर्नुभएको थियो ।
नगर उपाध्यक्षमा कीर्तबहादुर चन्द, सचिवमा विक्रम विष्ट, उपसचिवमा कृष्णा चौधरी र जयबहादुर विक निर्वाचित हुनुभएको छ ।
निर्वाचनमा तीन सय पाँच मत खसेको थियो । अधिवेशनको उद्घाटन नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव लेखराज भट्टले गर्नुभएको थियो ।