दक्षिण अफ्रिकामा मतदान सुरु

  जेठ १६, २०८१

जोहानेसबर्ग (दक्षिण अफ्रिका), १६ जेठ : दक्षिण अफ्रिकामा बुधबार बिहानै देखि आम निर्वाचनका लागि मतदान सुरु भएको छ ।

देशको निर्वाचन निकाय दक्षिण अफ्रिकाको स्वतन्त्र निर्वाचन आयोगका अनुसार नयाँ राष्ट्रिय सभा र प्रान्तीय विधायिका चयन गर्न देशभरका २३ हजारभन्दा बढी मतदान केन्द्रहरूमा दुई करोड ७० लाखभन्दा बढी मतदाताहरूले मतदान गर्ने अपेक्षा गरिएको छ ।

सन् २०२४ को राष्ट्रिय र प्रान्तीय चुनाव, दक्षिण अफ्रिकाको स्वतन्त्रता र प्रजातन्त्रको ३० वर्षको उत्सवसँग मिल्दोजुल्दो छ । सन् १९९४ मा रङ्गभेद समाप्त भएपछि देशमा भएको सातौँ आम चुनाव हो ।

निर्वाचन परिणाम आइतबार घोषणा गरिने निर्वाचन आयोगले जनाएको छ । नयाँ राष्ट्रिय सभाले आगामी पाँच वर्षका लागि दक्षिण अफ्रिकाको राष्ट्रपति छनोट गर्नेछ । (रासस/सिन्ह्वा)

तपाईको प्रतिक्रिया