निलम्बित न्यायाधीश गिरी दोषी ठहर

  जेठ १३, २०८१

काठमाडौँ, १३ जेठ : जिल्ला अदालत काठमाडौँले निलम्बित न्यायाधीश भुवन गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ ।

न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले आज जिल्ला न्यायाधीश गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो ।

जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माका अनुसार जिल्ला न्यायाधीश गिरी बलात्कारको मुद्दामा दोषी ठहर भएको र सजाय निर्धारणका लागि यही जेठ २८ गते पेसी तोक्न आदेश भएको छ ।

जिल्ला अदालत कपिलवस्तुमा जिल्ला न्यायाधीशका रूपमा काम गरिरहँदा प्रहरीमा जाहेरी परेपछि न्यायाधीश गिरीलाई निलम्बित गरी थुनामा राखिएको छ ।

तपाईको प्रतिक्रिया