आगलागीमा परी २७ जनाको मृत्यु भएको गुजरातका गृहमन्त्री सङ्घवीद्वारा पुष्टि

  जेठ १३, २०८१

अहमदाबाद, गुजरात, १ जेठ : राजकोटको बालबालिका खेल्ने स्थान (गेम जोन) मा शनिबार साँझ ४ः३० बजे भएको भीषण आगलागीमा परी बालबालिकासहित २७ जनाको मृत्यु भएको गुजरातका गृहमन्त्री हर्ष सङ्घवीले पुष्टि गर्नुभएको छ ।

आगलागीमा पछि अझै एक जना सम्पर्कमा नआएको र उक्त व्यक्तिको खोजी भइरहेको उहाँले बताउनुभयो । शनिबार राति राजकोटका प्रहरी आयुक्त राजु भार्गवले दिएको जानकारीमा कम्तीमा २० जनाको मृत्यु भएको र केही सम्पर्कमा नआएको उल्लेख गरिएको थियो ।

भार्गवले भन्नुभयो, “राजकोटको गो–कार्टिङ, बलिङ र अन्य साहसिक खेलहरू जस्ता मनोरञ्जन गतिविधिहरूको हब ‘टीआरपी गेमिङ जोन’ मा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । उनीहरूको मृत शरीर परीक्षणका लागि अस्पताल पठाइएको छ ।”

भार्गवका अनुसार ‘‘गेमिङ जोन’ युवराज सिंह सोलङ्की नाम गरेका व्यक्तिको स्वामित्वमा छ । लापरबाही र मृत्युका लागि उहाँविरूद्ध हामी अपराधसम्बन्धी मुद्दा दर्ता गर्नेछौं । उद्धार कार्य पूरा गरेपछि थप अनुसन्धान अघि बढाइनेछ ।” मन्त्री सङ्घवीले आगलागीस्थलको आइतबार बिहानै निरीक्षण गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया