कांग्रेसको विरोधका बीच सरकारको नीति तथा कार्यक्रम पारित

  जेठ १३, २०८१

काठमाडौँ, १३ जेठ : आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकमा छलफलका लागि प्रस्ताव पेश गर्नुभएपछि छलफलपछि बहुमतले नीति कार्यक्रम पारित भएको हो । 

बैठकमा प्रधानमन्त्री दाहालले “राष्ट्रपतिले २०८१ जेठ १ गते मङ्गलबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आव २०८१-०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

बैठकमा सत्ता पक्षका दलका नेताहरु तथा जनमोर्चा र नेमकिपाका सांसदले छलफलमा भाग लिनुभएको थियो । बैठकमा उठेको जिज्ञासामाथि प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुहुँदै बैठकमा उठेको विषयलाई सम्बोधनको प्रयास सरकारले गर्ने प्रतिबद्धता जनाउनुभयो ।

तपाईको प्रतिक्रिया