गुजरातको आगलागीमा परी मृत्य हुनेको सङ्ख्या २० पुग्यो

  जेठ १२, २०८१

नयाँदिल्ली, १२ जेठ : भारतको पश्चिमी राज्य गुजरातमा शनिबार एउटा मनोरञ्जन पार्कमा भएको भीषण आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या २० पुगेको अधिकारीले जनाएका छन् ।

राजकोटका प्रहरी आयुक्त राजु भार्गवले भन्नुभयो, “गुजरातको राजकोट जिल्लाको गो–कार्टिङ, बलिङ र अन्य साहसिक खेलहरू जस्ता मनोरञ्जन गतिविधिहरूको हब ‘टीआरपी गेमिङ जोन’ मा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । उनीहरूको मृत शरीर परीक्षणका लागि अस्पताल पठाइएको छ ।”

उहाँले भन्न्ुभयो,“‘गेमिङ जोन’ युवराज सिंह सोलङ्की नाम गरेका व्यक्तिको स्वामित्वमा छ । लापरबाही र मृत्युका लागि हामी अपराधसम्बन्धी मुद्दा दर्ता गर्नेछौं । उद्धार कार्य पूरा गरेपछि थप अनुसन्धान अघि बढाइनेछ ।”

उक्त घटनामा घाइते भएका सबै जनालाई आवश्यक उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ । आगलागीको कारण भने अहिलेसम्म थाहा हुनसकेको छैन ।

टीआरपी गेमिङ जोन भित्रको अस्थायी संरचना आगोको बीचमा ध्वस्त भएको र अन्य केही व्यक्ति भग्नावशेषमा फसेका हुनसक्ने स्थानीय अग्नि अधिकारीले बताउनुभयो । (रासस/सिन्ह्वा)

तपाईको प्रतिक्रिया