थेगुवाको ‘सपनाहरुको बही’ कविता कृति लोकार्पण

  जेठ ११, २०८१

दमक, ११ जेठ : कवि अभागी थेगुवाले ‘सपनाहरुको बही’ कविता कृति सङ्ग्रह बजारमा ल्याएका छन् । स्रष्टा पब्लिकेसन्सद्वारा प्रकाशित कविता सङ्ग्रहको आज दमकमा एक कार्यक्रमबीच लोकापर्ण गरिएको हो ।

कार्यक्रमका प्रमुख आतिथि वरिष्ठ साहित्यकार केशव आचार्य तथा अग्रज स्रष्टाहरुको उपस्थितिमा कृतिको संयुक्त रुपमा लोकापर्ण गरिएको हो । कार्यक्रममा कृतिका लेखक थेगुवा, प्रकाश थाम्सुहाङ, लीला अनमोल, प्रकाश बुढाथोकीलगायतले स्रष्टाले कृतिका विषयवस्तुमाथि चर्चा गर्नुभएको थियो ।

पब्लिकेसन्सका अध्यक्ष सुन्दर कुरुपको अध्यक्षतामा भएको कार्यक्रममा प्राज्ञहरु मुनाराज शर्मा, सुमित्रा वाङ्देल, चन्द्र भण्डारी, शिवशङ्कर थापा, हेम अधिकारीलगायत स्रष्टाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्रष्टा पब्लिकेसन्सको औपचारिक उद्घाटनसमेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया