लुम्बिनीमा प्रधानमन्त्री : स्थानीय र बौद्ध मार्गीहरूसँग अन्तर्क्रिया

  जेठ १०, २०८१

लुम्बिनी, १० जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २५६८ औँ बुद्ध जयन्ती एवम् लुम्बिनी दिवसका अवसरमा लुम्बिनी क्षेत्रको अवलोकन गर्नुका साथै स्थानीयसँग अन्तर्क्रिया गर्नुभएको छ । 

बुद्ध जयन्तीका अवसरमा आयोजना गरिने कार्यक्रममा सहभागी हुन बुधवार लुम्बिनी आउनुभएका प्रधानमन्त्रीले आज बिहान लुम्बिनी परिसरको अवलोकन गर्नुभएको हो । उहाँले योग र ध्यानका लागि लुम्बिनी आउनुभएका धर्मगुरु, स्वदेशी एवम् विदेशी बौद्ध मार्गीहरूसँग अन्तर्क्रिया समेत गर्नुभयो ।

तपाईको प्रतिक्रिया