नेपालमा अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कनका लागि आकर्षण बढाइने

  जेठ ०२, २०८१

काठमाडौं, १ जेठ : सरकारले अन्तर्राष्ट्रिय चलचित्र निर्मातालाई नेपालमा चलचित्र छायाङ्कनका लागि आकर्षित गरी पर्यटन प्रवर्द्धन गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै यस्तो बताउनुभएको हो ।

हलिउड तथा बलिउडलगायतका अन्तर्राष्ट्रिय चलचित्र निर्मातालाई नेपालमा चलचित्र छायाङ्कनका लागि आकर्षित गरी पर्यटन प्रवर्द्धन गर्ने उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया