नइका चार कृतिको लोकार्पण

  बैशाख ३०, २०८१

काठमाडौँ, ३० वैशाख : वानीरा फाउन्डेसनले शताब्दी पुरुष डा सत्यमोहन जोशीको एक सय पाचौँ जन्मजयन्ती अवसरमा नइ प्रकाशनबाट प्रकाशित चारवटा कृति सार्वजनिक गरेको छ ।

आज यहाँ आयोजित कार्यक्रममा वानीरा फाउन्डेसनका संस्थापक शङ्कर गिरी, भूपालमानसिंह कार्की प्रज्ञापरिषद्का अध्यक्ष लोकमानसिंह कार्की तथा नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईंले संयुक्त रुपमा प्राडा उषा ठाकुरबाट सम्पादित ‘सुनीता कार्कीको काव्यकारिता’, प्राडा सावित्री कक्षपतीद्वारा लिखित ‘नरेन्द्रराज प्रसाईको अर्जुनदृष्टि : ललितत्रिपुरसुन्दरी’, डा अम्बिका अर्यालद्वारा लिखित ‘नारीअस्तित्व र इन्दिरा प्रसाईंका उपन्यास’ र अणुराज जोशीद्वारा सामु उप्रेतीको उपन्यास ‘तिम्रो म’को नेपाली भाषाबाट अङ्ग्रेजी भाषामा अनुदित ‘आइएम् योर्स’ नामक कृति लोकार्पण गर्नुभएको हो ।

वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईंको सभापतित्वमा सम्पन्न सो समारोहमा सुनीता कार्की, प्राडा सावित्री कक्षपती, डा अम्बिका अर्याल, अणुराज जोशी तथा सदस्यसचिव नरेन्द्रराज प्रसाईं र कार्यक्रम संयोजक भगवती बस्नेतले शताब्दी पुरुष डा जोशीको साहित्यिक योगदान र लोकार्पित कृतिहरुबारे चर्चा गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया