मधेश प्रदेश सरकारबाट बाहिरियो माओवादी केन्द्र

  बैशाख ३०, २०८१

जनकपुरधाम, ३० वैशाख : नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । आइतबार माओवादी केन्द्रबाट मन्त्री बनेका भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामा बुझाउनुभएको हो ।

साह वन तथा वातावरणमन्त्री र भट्टराई उद्योग तथा पर्यटनमन्त्री हुनुहुन्थ्यो । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल विभाजन भएसँगै त्यसको असर प्रदेश सरकारमा पर्न सुरु भएको हो ।

तपाईको प्रतिक्रिया