राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबिच भेट

  बैशाख ३०, २०८१

काठमाडौँ, ३० वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गर्नुभएको छ ।

आइतबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डका बिचमा भेटघाट भएको हो ।

भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिकाे स्वकीय सचिवालयले जनाएको छ । (रासस)

तपाईको प्रतिक्रिया