पुजार सार्कीमा दलितको कथा

  बैशाख २६, २०८१

काठमाडौँ, २६ वैशाख : जातीय विभेदको विषयवस्तु समेटिएको चलचित्र ‘पुजार सार्की’ को भिडियो प्रवर्धन सामग्री मङ्गलबार सार्वजनिक गरिएको छ । पुजार सार्कीमा दलित समुदायले पाएको दुःख, कष्ट र हन्डरलाई देख्न सकिन्छ । 

चार मिनेट लामो ‘ट्रेलर’ मा जातीय विभेदले समाजका हरेक तह र तप्काका मानिसलाई पारेको व्यक्तिगत, मानसिक र सामाजिक प्रभावलाई प्रस्तुत गरिएको छ । ‘ट्रेलर’ मा अभिनेता पल शाहलाई समाज परिवर्तन गर्न अग्रसर युवाको भूमिकामा प्रस्तुत गरिएको छ । 

विकास सुवेदीले लेख्नुभएको चलचित्र सुवास भुसालले निर्माण गर्नुभएको हो । चलचित्रमा निर्माता भुसालकै सङ्गीत छ । चलचित्रको गीतमा हर्क साउद, बी. पाण्डे, दिनेश राउत र गणेश शाहीको शब्द रचना रहेको छ । चलचित्रका गीतमा प्रकाश सपुत, शान्तिश्री परियार, केतन क्षेत्री, देवेन्द्र बराल र मुना ठटालले स्वर दिनुभएको छ ।

तपाईको प्रतिक्रिया