राजनीतिक अस्थिरता विकासका लागि घातक : प्रवक्ता डा महत

  बैशाख २२, २०८१

काठमाडौँ, २२ वैशाख: नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राजनीतिक अस्थिरता नेपालको बिकासका लागि घातक रहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन केन्द्रीय कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले जसले अस्थिरता निम्ताएको छ यो नेपालको लोकतान्त्रिक आन्दोलन र बिकासका लागि घातक रहेको बताउनुभएको हो ।

प्रवक्ता डा महतले निरन्तर अस्थिरता बनाइरहने र त्यसमा रमाइरहने प्रवृतिलाई निस्तेज बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “चाडै नै हामीले लोकतन्त्रप्रति समर्पित कुराले होइन, कामले पारदर्शिता, विकास र स्थिरताप्रति समर्पित सरकार चाँडै आउने छ भन्ने विश्वास दिलाउन चाहन्छु ।”

प्रवक्ता डा महतले समावेशिता र सहभागिताको सुनिश्चित गर्दै प्रत्यक्ष निर्वाचनमा जान सकिने धारणा राख्नुभयो । उहाँले मुलुकमा राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचनका लागि बहस चलाउनुपर्ने धारणा राख्नुभयो ।

तपाईको प्रतिक्रिया