चिनियाँ प्रहरीले कम्बोडियाबाट फर्कायो ६८० जुवा, घोटालाका संदिग्धलाई

  बैशाख ०९, २०८१

बेइजिङ, ९ वैशाख : चिनियाँ सार्वजनिक सुरक्षा मन्त्रालयले आइतबार प्रहरीले कम्बोडियाबाट जुवा खेल्ने र घोटाला गर्ने छ सय ८० भन्दा बढी संदिग्धलाई स्वदेश फर्काएको जनाएको छ ।

दुई प्रहरी चार्टर्ड नागरिक उडानमार्फत एक सय ३५ संदिग्धको अन्तिम समूहलाई आइतबार मध्य चीनको हुबेई प्रान्तको राजधानी वुहानमा फिर्ता ल्याइएको छ ।

यस वर्ष चीन र कम्बोडियाली प्रहरीले जुवा र ठगीसँग सम्बन्धित अपराधमाथि कारबाही गर्न संयुक्त अभियान सुरु गरेकोले यो वर्ष स्वदेश फिर्ता गर्ने कार्य पूरा भएको मन्त्रालयले जनाएको छ ।

हालैका वर्षहरूमा चिनियाँ प्रहरीले सीमापार जुवा र टेलिकम घोटाला जस्ता प्रमुख अपराधविरुद्ध लड्न अन्तर्राष्ट्रिय सहयोगलाई निरन्तरता दिइरहेको छ ।

यस वर्ष चिनियाँ प्रहरीले म्यानमा, फिलिपिन्स र संयुक्त अरब इमिरेट्स लगायतका देशबाट हजारौँ यस्ता संदिग्धलाई स्वदेश फिर्ता गरेको छ । (रासस/सिन्ह्वा)

तपाईको प्रतिक्रिया