नेपाली सेनाले माग्यो २५ सय कर्मचारी

  बैशाख ०९, २०८१

काठमाडौँ, ९ वैशाख : नेपाली सेनाले विभिन्न पदका लागि दुई हजार पाँच सय ७४ जना कर्मचारी माग गरेको छ ।

देशैभरका कार्यालयहरूका लागि आवश्यक रहेका सूचना प्रकाशन गर्दै  नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स (ब.का.सि., सूचिकार, सफाइकर्मी, चर्मकर्मी, लोहाकार) पद भर्ना आव्हान गरेको हो । 

नेपाली सेना भर्ना छनौट निर्देशनालयले शुक्रवार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दे जेठ १२ गतेसम्म दरखास्त दिने अन्तिम मिति तोकेको छ ।

दरखास्तका लागि कक्षा ८ उर्तिण गरेका महिला तथा पुरुष हुनु पर्ने र १८ वर्ष पुरा भई २२ वर्ष ननाघेको हुनु पर्ने समेत सूचनामा उल्लेख गरेको छ । 

आवेदन सम्बन्धी जानकारी यहाँ क्लिक गरेर हेर्न सकिन्छ । 

तपाईको प्रतिक्रिया