वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

  बैशाख ०८, २०८१

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु एक खर्बभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । चालु आर्थिक वर्षको साउनदेखि चैतसम्ममा कार्यालयले रु एक खर्ब १४ अर्ब १६ करोड राजस्व सङ्कलन गर्न सफल भएको हो ।

चालु आवको नौ महिनाका लागि भन्सार विभागले रु एक खर्ब ८१ अर्ब ९९ करोडको लक्ष्य निर्धारण गरेको थियोे । कार्यालयले लक्ष्यभन्दा रु ६७ अर्ब ८२ करोड कम राजस्व सङ्कलन गरेको छ । विश्व आर्थिक मन्दीको प्रभावले राजस्वको लक्ष्य हासिल गर्न नसकिएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । उहाँले सवारी साधन तथा इन्धनको आयातमा आएको कमीले राजस्व सङ्कलनलाई प्रभावित गरेकोे बताउनुभयो ।

गत आवकोे तुलनामा चालु आवभित्र कारोबारमा केही सुधार देखिए पनि कोरोनाकाल अगाडिको अवस्थामा फर्किन नसकेको अधिकृत सुवेदीले जानकारी दिनुभयो । उहाँले गत आवको नौ महिनाका लागि विभागले दिएको लक्ष्याको तुलनामा ६० प्रतिशत मात्र राजस्व सङ्कलन भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया